FAQs Complain Problems

संक्षिप्त परिचय

यस जिराभवानी गाउँपालिकामा यहाँहरुलार्इ स्वागत छ।  यो गाउँपालिका वडा २ सेढवा मा पर्छ। हाम्रो जिराभवानी गाउँपालिकाको स्थापना २०७४ साल जेष्ठ ११ गते को नेपाल सरकारको राजपत्र  भाग ४ मा जिराभवानी गाउँपालिकामा  नामाकरण गरिएको पाइन्छ । साविकको सुवर्णपुर गाउँपालिकाको २ वटा वडा र पटेर्वासुगैली गाउँपालिकाको ३ वटा वडा मिलेर नयाँ गाउँपालिकाको रुपमा जन्म लिएको पाइन्छ ।यस सर्वोच्च अदालतको निर्णय पशचात २०७४ भाद्र १ देखि यस जिराभवानी गाउँपालिकाको स्थापना भयाे।

यस जिराभवानी गाउँपालिकाको तत्कालीन जनसंख्या  २२,७६५ रहेको पाइन्छ । यस क्षेत्रका अादिवासी, जनजातीहरुमा रहेको छ। र पनि विविध जातजातीकाे बसाइको कारण, बहुधार्मीक,बहुसांस्कृतिक बहुभाषीक संमिश्रण रहेको छ । यस गाउँपालिकाको पुर्वमा पटेर्वासुगैली गाउँपालिका, पशचिममा ठोरी गाउँपालिका र भारतमा पर्सा राष्टिय निकुञ्ज  , दक्षिणमा जगरनाथपुर गाउँपालिका रहेको पाइन्छ ।

स्थापना: २०७३
जम्मा वडा: ५
जनसंख्या: २२,७६५
क्षेत्रफल: ५५.३९ ( वर्ग कि.मी.)
समावेश गाविसहरू: महादेवपट्टी, सेढवा,जितपुर, सुपौली र शंकरसरैया  गा.वि.स.